
काठमाडौं, २१ वैशाख– ट्विटरले आफ्ना सबै प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको छ । आन्तरिक नेटवर्कमा केही समस्या देखिएकाले ट्विटरले आफ्ना ३३० मिलियन प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको हो ।
ट्विटरले सावधानी अपनाउन आफ्ना ग्राहकलाई आग्रह गरेको हो । यद्यपि पासवर्ड चोरी भएको या कुनै दुरुपयोग भएको प्रमाण भने पाइएको छैन । तर, सावधानी अपनाउन पासवर्ड परिवर्तन गर्नुपर्ने ट्विटरले जनाएको छ ।
ट्विटरका कार्यकारी प्रमुख ज्याक डोरसेले भनेका छन्, ‘हालै हामीले केही बग फेला पत्ता लगायौं जहाँ मास्किङरहृयासिङ प्रक्रिया पूरा गर्न आन्तरिक नेटवर्कमा केही लेखिएको थियो । त्यो समस्यालाई समाधान गरिसकिएको छ । दुरुपयोग भएको कुनै संकेत पनि पाइएन । र, हामीले यस आन्तरिक समस्याको बारेमा जानकारी दिँदा राम्रो हुन्छ ।’
ट्विटरमा देखिएको समस्याबाट कति प्रयोगकर्ता प्रभावित भए भन्ने कुराको जानकारी भने दिइएको छैन ।