
काठमाडौं, २१ वैशाख– गाडी चालकले आज आफ्नो इच्छा अनुसारको रुटमा गाडी चलाउन पाउने भएका छन् । सिण्डिकेट कायमै राख्नुपर्ने पक्षमा रहेका यातायात व्यवसायीले गाडी नचलाएपछि सरकारले क्यू फ्रीको निर्णय गरेको हो ।
सिण्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरूले आज गाडी चलाएका छैनन् । तोकिएभन्दा बढी भाडा नलिइ गाडी चलाउन सकिने यातायात व्यवस्था विभागले जनाएको छ ।
सिण्डिकेटको विपक्षमा रहेका व्यवसायीले सरकारलाई साथ दिएका छन् । काठमाडौंमा साझा, मयूर, महानगर लगायत कम्पनीका बस नियमित रुपमा सञ्चालनमा छन् ।
आज गाडी नचलाउने व्यवसायीलाई सरकारले कार्वाही गर्ने जनाएको छ । यातायात व्यवस्था विभागका अनुसार अत्यावश्यक सेवामा हडताल गर्ने गाडीको विवरण संकलन भैरहेको छ ।
विवरण संकलन भएपछि पहिलो दिनमै रुट खारेज गरिने विभागको तयारी छ ।