०३ साउन २०८३, आइतबार

बस नचलेपनि काठमाडौंको सडकमा जाम, दुई पाङ्ग्रेका पछाडि ‘प्यासेन्जर’

बैशाख २१, २०७५
बस नचलेपनि काठमाडौंको सडकमा जाम, दुई पाङ्ग्रेका पछाडि ‘प्यासेन्जर’

काठमाडौं २१ वैशाख– सिण्डिकेट पक्षधर यातायात व्यबसायीहरुले सवारी साधन नचलाएपनि काठमाडौंमा सडकमा ट्राफिक जाम देखिएको छ । 

अन्य दिनमा जस्तै काठमाडौंका कोटेश्वर, बानेश्वर, चाबहिल, कलंकी, सिंहदरबार लगायतका क्षेत्रका सडकमा जाम देखिएको हो । बिहान साढे ९ बजे कोटेश्वर–जडिबुटीको जाम भक्तपुरको लोकन्थलीसम्म पुगेको थियो । 

साझा, मयुर, मेट्रो सिटी र अन्नपूर्ण यातायातका बसमा खचाँखच यात्रुको भिड देखिएको छ । यसअघि चक्रपथ परिक्रमा गरेर बनेपा पुग्ने मयुरले आज रत्नपार्कसम्म सेवा दिएको छ ।  सरकारले आज क्यू फ्रि गरेको छ । 

सार्वजानिक बस नचलेपनि सडकमा निजी क्षेत्रका गाडी चलेका छन् । दुई पाङ्ग्रे सवारी साधन (मोटर साइकिल र स्कुटर)ले यात्रुहरुलाई ‘लिफ्ट’ दिएका छन् । 

२०७२ सालमा भारतले गरेको नाकाबन्दीको समयमा ‘लिफ्ट’को प्रचलन शुरु भएको थियो । अधिकाशं मोटर साइकिलको पछाडि यात्रु देखिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्