
काठमाडौं, २१ वैशाख– भारतीय नाकाबन्दीको बेलामा चर्चामा रहेको ‘कारपुल काठमाडौं’ नामक फेसबुक ग्रुप पुन चर्चामा आएको छ ।
भारतीय नाकाबन्दीका बेला सवारीसाधान अभावका कारण यात्रुहरुले दुःख पाएपछि गन्तव्यसम्म पुग्नका लागि लिफ्ट प्रचलनलाई बढावा दिनका लागि यो ग्रुप सुरु भएको थियो ।
आज(शुक्रबार)यातायात व्यवसायीले गाडी ग्यारेजमै थन्क्याएपछि पुन कारपुलमा अफर गर्नेहरु देखिएका छन् ।
सार्वजनिक रुटमा सवारीसाधन नचलेपछि निजी सवारीसाधन प्रयोगकर्ताहरुले आफूहरु पुग्ने स्थानसम्म पुग्ने कोही भए ग्रुपमा अफर गरेर लिफ्ट दिने÷लिने गर्दछन् । यस ग्रुपमार्फत आवश्यक पर्नेले लिफ्ट माग्ने गरेका छन् ।
भारतीय नाकाबन्दीका समयमा लिफ्ट संस्कृतिको विकास भएको थियो भने कारपुल काठमाडौं ग्रुपले पनि लिफ्ट लिने र दिने वानीको विकास गरेको थियो जसमा १ लाख १० हजार सदस्य रहेका छन् ।
कारपुल प्रयोगकर्ताहरुले आफूले कसैलाई दिएको लिफ्ट बारे लेखेका छन् भने कसैले आफ्नो रुट बारे उल्लेख गरेका छन् ।