काठमाडौं २१ वैशाख - सिन्डिकेटधारी यातायात व्यायासायी समितिहरुले नियमित चल्ने आफ्ना सवारीहरु घरमै थन्क्याएपनि सर्वसाधारणलाई त्यसको प्रभाव भने थोरै परेको बताइएको छ ।

कलंकीमा ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीको काम उस्तै भ्याईनभ्याई छ । ‘पूर्व पश्चिम तर्फ जाने गाडीहरु रोकिएका छैनन्, सडकमा मोटरसाइकलको चापमा कुनै कमी आएको छैन ।’ कलंकी चोकमा भेटिएका एक ट्राफिक प्रहरीको भनाइ थियो ।
मयुर, महानगर र गन्तव्य यातायात चलिरहेका थिए । सडकमा यात्रु बोलाइरहेका केहि माइक्रो पनि देखिन्थे । केहि मोटरसाइकललाई यात्रुले हात दिइरहेका पनि देखिन्थे । समग्रमा हेर्दा बन्दको प्रभाव आधा भन्दा कम परेजस्तो देखिन्थ्यो । बाँकी भिडियोमा