०९ असार २०८३, मंगलबार

नेपालमा ६६ लाख १० हजार हेक्टर वन, १ लाख हेक्टर अतिक्रमणको चपेटामा

बैशाख २१, २०७५
नेपालमा ६६ लाख १० हजार हेक्टर वन, १ लाख हेक्टर अतिक्रमणको चपेटामा

काठमाडौं, १९ चैत– वनमन्त्री शक्तिबहादुर बस्नेतले देशमा रोजगारीको शृजनाका लागि वन क्षेत्रको विशेष भूमिका खेल्ने बताएका छन् । 


शुक्रबार राजधानीमा आयोजित वन तथा वातावरण क्षेत्रको वर्तमान अवस्थाको स्थिति पत्र सार्वजनिक गर्दै वनमन्त्री बस्नेतले देशमा हुने कुल रोजगारीको २० प्रतिशत वन क्षेत्रले ओगट्ने गरी रोजगारीको शृजना गर्ने दाबी गरेका हुन् । उनले वन क्षेत्रको विकास र वैज्ञानिक व्यवस्थापनका आधारमा उद्योगहरु चलाउने बताए । त्यसका लागि वन क्षेत्रमा आवश्यक विशेष कानून ल्याउने मन्त्री बस्नेतले बताए । 
मन्त्री बस्नेतले वन तथा वातावरण मन्त्रालयको वर्तमान अवस्थाको स्थिति पत्रसमेत सार्वजनिक गरेका छन् । 


स्थितिपत्रमा  मन्त्रालयले जनाए अनुसार नेपालमा ६६ लाख १० हजार हेक्टर वन क्षेत्र(४४.७४ प्रतिशत) रहेको छ । मन्त्रालयले एक लाख हेक्टर भन्दा बढी वन क्षेत्र अतिक्रमणको चपेटामा परेको, बाढी पहिरो भूस्कखलन सस्या नदीकटान जस्ता पैदावारको चोरी कटानी र वन्यजन्तुको अवैध शिकार वन डढेलोको प्रकोप रहेको जनाएको छ । 


मन्त्रालयले आगमी दिनमा वनको वैज्ञानिक व्यवस्थापनसहित वन क्षेत्रको बहुआयामिक उपयोगबाट जनाताको आर्थिक अवस्थामा सुधार, रोजगारीका अवसरहरुको सिर्जना र स्थानीय प्रादेशिक र राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्नु वन तथा वातावरण मन्त्रालयको आगामी कार्यदिशा रहेको जनाएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्