०४ असार २०८३, बिहीबार

यातायात समितिविरुद्ध कडा कदम : देशभरका बसपार्कबाट टिकट काउन्टर हटाइने

बैशाख २१, २०७५
यातायात समितिविरुद्ध कडा कदम : देशभरका बसपार्कबाट टिकट काउन्टर हटाइने

काठमाडौं, २१ वैशाख– सरकारले देशभर रहेका सरकारी स्वामित्वका बसपार्कबाट यातायात समिति र संघका नाममा रहेका टिकट काउन्टरहरु हटाउने निर्णय गरेको छ । 

सरकारी निर्णयअनुसार देशभरका सबै बसपार्कबाट समिति र संघका टिकट काउन्टर हटाउन निर्देशन जारी भइसकेको यातायात व्यवस्था विभागका महानिर्देशक रुपमनारायण भट्टराईले लोकान्तरलाई बताए । 

‘सरकारले सिन्डिकेट हटाउँदा असहयोगी बनेका यातायात समितिका काउन्ट हटाउन निर्देशन जारी भइसकेको छ,’ भट्टराईले लोकान्तरसँग भने, ‘अब सरकारी स्वामित्वमा रहेका देशभरका कुनैपनि बसपार्कमा समितिका टिकट काउन्टर रहने छैनन् ।’

सरकारी स्वामित्वमा रहेका बसपार्कमा कम्पनी ऐनअनुसार दर्ता भएका यातायात व्यवसायीले मात्रै आफ्नो टिकट काउन्टर राख्न पाउनेछन् ।

सरकारले गैरनाफामूलक संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका यातायात समितिलाई नवीकरण नगर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरु आन्दोलनमा छन् ।

घोषित आन्दोलनअन्तर्गत समिति र संघमा आवद्ध भएका यातायात व्यवसायीले शुक्रवार देशभर सेवा ठप्प पारेका छन् । सरकारले भने सेवा बन्द गर्ने यातायात व्यवसायी र समितिका पदाधिकारीलाई नियन्त्रणमा लिइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्