०४ असार २०८३, बिहीबार

कृषिमा सिँचाइको महत्त्वका सम्बन्धमा जलस्राेतमन्त्री पुनको जोड

बैशाख २१, २०७५
कृषिमा सिँचाइको महत्त्वका सम्बन्धमा जलस्राेतमन्त्री पुनको जोड

काठमाडौं, २१ वैशाख – उर्जा जलस्राेत तथा सिँचाइ मन्त्री वर्षमान पुनले संघीय संरचनामा कृषिमा सिँचाइको महत्त्वका बारेमा जोड दिएका छन् ।

शुक्रवार इन्टरनेसनल कमिसन अन इरिगेसन एन्ड ड्रेनेजको आठौं एसियाली क्षेत्रीय सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री पुनले नेपालको नवीन संरचनामा देशविकासका लागि कृषि र सिँचाइको भूमिका अपरिहार्य रहेको कुरामा जोड दिए । 

‘सदाबहार क्रान्तिको समर्थनमा सिँचाइ’ भन्ने नाराका साथ सम्पन्न सम्मेलनमा मन्त्री पुनले सिँचाइको आधुनिकीकरणलाई सरकारले उच्च प्राथमिकता दिएको बताए । यसले सबै तहका कृषकलाई फाइदा पु–याउने र कृषिक्षेत्रको व्यापारीकरण तथा औद्योगिकीकरणमा योगदान पुग्ने उनले बताए । 

सरकारले बहुउद्देश्यीय जल प्रयोगमा जोड दिएर कृषि, ऊर्जा र जीवनयापनलाई एकअर्काको परिपूरक बनाउने परियोजना बनाएको पनि उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्