
काठमाडौं, २५ वैशाख – सामाजिक सञ्जालमा एउटा भिडियो अहिले भाइरल भइरहेको छ । भिडियोमा धूम्रपानका कारण फोक्सोको हालत के हुन्छ भनी देखाइएको छ ।
भिडियो अमेरिकाको नर्थ क्यारोलाइनाको एक नर्सले बनाएका हुन् ।
यसमा एक व्यक्तिको असली फोक्सो देखिएको छ । ऊ विगत २० वर्षदेखि धूम्रपान गरिरहेको थियो । यसैले गर्दा उसलाई फोक्सोको क्यान्सर भयो ।
फोक्सो कालो हुने, चाउरिने र क्षतिग्रस्त हुने स्थिति बन्छ । भिडियोमा फोक्सोलाई हावाले फुलाएर देखाइएको छ ।
अनि छेउमा एक स्वस्थ व्यक्तिको फोक्सो देखाइएको छ । त्यो फोक्सोले सही तरिकाले काम गरिरहेको छ ।
भिडियो सर्वसाधारणलाई सचेत गराउन बनाइएको हो । धूम्रपान गर्नेहरूले छोडिहालून् भनेर भिडियो बनाइएको बताइएको छ ।
एजेन्सी