०१ असार २०८३, सोमबार

आगामी दशक उर्जा तथा जलस्रोत दशकका रुपमा अघि बढ्ने सरकारी घोषणा

बैशाख २५, २०७५
आगामी दशक उर्जा तथा जलस्रोत दशकका रुपमा अघि बढ्ने सरकारी घोषणा

काठमाडौं, २५ बैशाख- सरकारले आगामी एक दशकलाई उर्जा तथा जलस्रोत दशकका रुपमा अघि बढाउने घोषणा गरेको छ ।  ऊर्जा तथा सिञ्चाइमन्त्री वर्षमान पुनले मंगलबार मन्त्रालयको मार्गचित्र सार्वजनिक गर्दै २०७५ देखि २०८५ सम्मको दशकमा एकीकृत राष्ट्रिय जलस्रोत नीति बनाई उर्जामा आत्मनिर्भर बन्ने घोषणा गरेको हो ।  सरकारले प्रादेशिक सन्तुलन, माग र आपूर्ति, उत्पादन सम्मिश्रण तथा ऊर्जा सुरक्षा आदिलाई मध्यनजर गर्दै सम्भव भएसम्म हरेक प्रदेशमा कम्तिमा एउटा जलाशययुक्त आयोजना निर्माण गरिने पनि मार्गचित्रमा उल्लेख गरेको छ । 


वर्तमान अवस्थाको विद्युत उपभोग ढाँचामा क्रमशः परिवर्तन तथा ऊर्जा खपतको क्षेत्र विस्तार गर्दै प्रतिव्यक्ति विद्युत खपतलाई आगामी पाँच वर्षभित्र ७०० युनिट (किलोवाट घण्टा) र दश वर्षभित्र १५०० युनिट पु¥याइने पनि मार्गचित्रमा उल्लेख गरिएको छ । यस्तै यसका लागि घरायसी, सार्वजनिक एवम् निजी संस्था, यातायात र औद्योगिक क्षेत्रमा प्रयोग भइरहेका ऊर्जाका अन्य स्रोतहरुलाई विद्युत ऊर्जाले प्रतिस्थापन गर्ने गरी आवश्यक नीतिगत तथा कानूनी व्यवस्था गरिने पनि मार्गचित्रमा उल्लेख गरेको छ । 


मार्गचित्रले साथै, विद्युत ऊर्जा बढी खपत गर्ने उद्योग स्थापना एवम् विद्युतीय सवारी साधनहरु सञ्चालन गर्न जोड दिइने समेत उल्लेख गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्