१० असार २०८३, बुधबार

४४ सदस्यीय भारतीय कमान्डो काठमाडौंमा

बैशाख २६, २०७५
४४ सदस्यीय भारतीय कमान्डो काठमाडौंमा

काठमाडौँ, २६ बैशाख - भारतीय वायुसेनाको चार्टर विमानमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुरक्षा दिन सुरक्षा सामग्रीसहित करिब ४ दर्जन सुरक्षाकर्मी र दुइटा बुलेट प्रुफ लेमोजिन कार मंगलबार बिहान काठमाडौं ल्याइएको छ । मोदीका यी दुइटै कार काठमाडौंमै राखिनेछ ।

एउटा कार यसअघि नै जनकपुर ल्याइसकिएको छ । एकैछिन उपयोग गरेर फर्काउने गरी उक्त कार सडकमार्गबाटै ल्याइएको हो ।
काठमाडौं ल्याइएका कारका चालक दलका १६ सदस्य र ४४ सदस्यीय सुरक्षा कमान्डो नेपाल आइपुगेका जानकारी अधिकारीहरूले दिए । नेपाली सेनासँगको सहकार्यमा उनीहरूले मोदीलाई छुट्टै घेरामा रहेर सुरक्षा दिने जनाइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्