काठमाडौं, २६ बैशाख - नेपालको उर्जा संकट निवारणका लागि महत्वपूर्ण मानिएको जलाशययुक्त आयोजना बूढीगण्डकी निर्माणका लागि सरकारले एक बर्षभित्र टेन्डर गर्ने भएको छ, आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
उर्जामन्त्री बर्षमान पुनले मंगलबार सार्वजनिक गरेको श्वेतपत्रमा एक बर्षभित्र बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि टेन्डर खोल्ने उल्लेख गरिएको छ ।
बूढीगण्डकी जलविद्युत आयोजनाको लागत २ खर्ब ७० अर्ब अनुमान गरिएको छ ।