११ असार २०८३, बिहीबार

प्रदेश सरकारका बैंक खाता नै खुलेनन्

बैशाख २६, २०७५
प्रदेश सरकारका बैंक खाता नै खुलेनन्

विराटनगर, २६ बैशाख - एक महिनाअघि प्रदेश सरकारले सार्वजनिक गरेको बजेट अहिलेसम्म खर्च भएको छैन । 

प्रदेश सरकारले सञ्चित कोष जम्मा गर्ने बैक खाता नखुलेका कारण अहिलेसम्म सरकारले बजेट खर्च गर्न नसकेको हो ।  

गत चैत २९ गते आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले एक अर्ब दुई करोड पाँच लाख रुपैयाको बजेट प्रस्तुत गरेका थिए ।  

संघीय सरकारबाट प्राप्त अनुदानमा आधारित रहेर आगामी तीन महिनाका लागि कार्यक्रममार्फत खर्च गर्ने गरी विनियोजन गरिएको बजेट बैंक खाता सञ्चालन नहुँदा खर्च गर्न नसकेको हो । 

प्रदेश एकमा मात्रै हैन सातै प्रदेशका सरकारले अलिहेसम्म बैंक खाता खोल्न सकेका छैनन् ।  आजको गोरखापत्रमा खबर छापिएको  छ ।

salt training

कमेन्ट गर्नुहोस्