
काठमाडौं, २६ बैशाख -पार्टीभित्रको गुट रोगका कारण कमजोर बनेको कांग्रेस भातृ संगठन नेविसंघभित्रको गुटका कारण झनै कमजोर बन्दै गएको छ ।
आजको राजधानी दैनिक लेख्छः पार्टीभित्रको गुट विवाद नेविसंघमा सरेपछि नेतृत्वलाई समेत दुई गुटले गर्ने कार्यक्रममा सहभागि हुन सकस परेको छ । स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टी पराजयपछि नेतृत्वमा देखिएकोगुट विवाद नेविसंघभित्रसमेत अनेक बहानामा झंगिएको हो ।