०४ असार २०८३, बिहीबार

श्रीनिवास गोलीकाण्डः आरोप एउटा मुद्दा अर्कै,  थुनछेक बहसमा छुट्न सक्ने सम्भावना

बैशाख २६, २०७५
श्रीनिवास गोलीकाण्डः आरोप एउटा मुद्दा अर्कै,  थुनछेक बहसमा छुट्न सक्ने सम्भावना

मोरङ, २६ बैशाख- आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ गरिएका आचार्य श्रीनिवासलाई प्रहरीले अर्कै मुद्दा चलाएको छ । धार्मिक तथा साम्प्रदायिक हिंसा फैलाउन खोजेको आरोपमा सोमबार पक्राउ परेका आचार्यलाई मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङले हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरेको छ ।

उक्त मुद्दामा उनलाई अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय मोरङले १० दिनको म्याद दिएको छ । आचार्यलाई जिल्ला प्रहरी मोरङको हिरासतमा राखेर हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक अरुणकुमार बीसीले बताए । जिल्ला प्रशासन कार्यालयले हेर्ने उक्त मुद्दामा आरोप प्रमाणित भए १ वर्ष कैद वा १ लाख जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ । तर आचार्यमाथि गोली प्रहार भएको पेस्तोल प्रहरीले बरामद गर्न गर्न सकेको छैन । त्रिभुवन विमानस्थलबाट भारतको दिल्ली भाग्न लागेका आचार्यलाई विशेष प्रहरी अनुसन्धान टोलीले सोमबार विहान काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर विराटनगर ल्याएको थियो ।


अधिवक्ता योगेन्द्र चौहानले आचार्यलाई लगाएको मुद्दामा हतियारसमेत प्रहरीले बरामद गर्न नसकेको अवस्थामा थुनछेक बहसमा छुट्न सक्ने सम्भावना बढी भएको बताए ।
प्रहरीले आचार्यमाथि धर्मको नाममा विध्वंस मच्चाउन खोजेको आरोपमा मुद्दा चलाउँदा उपयुक्त दण्डसजाय हुनेमा त्यस्तो हुन नसकेको अधिवक्ता चौहानले बताए । कान्तिपुर दैनिकमा खबर छ।

salt training

कमेन्ट गर्नुहोस्