२२ जेठ २०८३, शुक्रबार

यस्तो टापु जहाँ पत्थरको सिक्का चल्छ

बैशाख २६, २०७५
यस्तो टापु जहाँ पत्थरको सिक्का चल्छ

काठमाडौं, २६ वैशाख – मानिस शताब्दियौंदेखि करेन्सी वा मुद्राको प्रयोग किनबेच र कारोबारका लागि गर्दै आइरहेको छ । 

कुनै समयमा महंगा रत्नहरूको कारोबार हुन्थ्यो । मानिसहरू मोती, अन्य रत्न वा कौडी दिएर सामान किन्थे । 

पछि सिक्काहरूको प्रचलन शुरु भयो । सुनचाँदी, तामा, काँस र अल्युमिनियमका सिक्काहरू तमाम साम्राज्य र सभ्यतामा ढालिए । 

सिक्का सँगसँगै नोटको प्रचलन शुरु भयो । सबभन्दा पहिले चीनमा करेन्सी नोट छापिए । 

औद्योगिक क्रान्तिपछि युरोपका औपनिवेशिक शक्तिहरूले करेन्सी नोटको चलनलाई खुबै प्रोत्साहन गरे । 

तर करेन्सीका रूपमा ठूलठूला पत्थर पनि प्रयोग गरिन्छन् भन्दा पत्याउनुहुुन्छ ? 

प्रशान्त महासागरको माइक्रोनेसिया क्षेत्रमा रहेका बस्तीहरूमा पत्थरको करेन्सी चल्छ । यहाँको सानो यप टापुमा जम्मा ११ हजार मानिस बस्छन् । 

यिनीहरूको प्रसिद्धि पहिलेदेखि नै थियो । एघारौं शताब्दीमा इजिप्टका राजाले यपको उल्लेख गरेका थिए ।

त्यसैगरी प्रसिद्ध युरोपेली यात्री मार्को पोलोले तेह्रौं शताब्दीमा लेखेको किताबमा पनि यपको उल्लेख छ । 

त्यसो त यप नाम तिनमा छैन तर त्यहाँको करेन्सी पत्थर छ भनी लेखिएको छ । 

यप पुग्नुभयो भने लाइन लगाएर सानाठूला पत्थर देख्न पाइन्छ । 

तिनीहरूको बीचमा एउटा प्वाल हुन्छ जसले गर्दा तिनीहरूलाई यताउता लान सकिन्छ । पूरै यप टापुमा यस्ता पत्थर छन् । 

यप टापुको माटो मलिलो छ । त्यहाँ चट्टान पनि छैनन् । तैपनि त्यहाँ शताब्दियौंदेखि पत्थरको करेन्सी छ । कहिलेदेखि यो शुरु भयो कसैलाई थाहा छैन । 

तर स्थानीयहरूका अनुसार, आजभन्दा सयौं वर्षअघि यपवासीहरू साना डुंगामा बसेर चारसय किलोमिटर पर रहेको पलाऊ टापु जाने गर्थे । त्यहाँबाट उनीहरू चट्टान काटेर पत्थर काट्थे । 

अनि तिनै डुंगामा हालेर पत्थर यप ल्याइन्थ्यो । तिनलाई राई भनिन्छ । यिनै पत्थरलाई करेन्सीका रूपमा प्रयोग गरिन्छ । 

शुरुमा पत्थरहरूको मूल्य सिपीहरूको संख्याबाट निर्धारित हुन्थ्यो किनकि पत्थरभन्दा अघि सिपी करेन्सीका रूपमा रहेका थिए । 

एक पत्थरको बदलामा पचास सिपी दिइन्थ्यो । फुटकर करेन्सीका रूपमा यपमा अमेरिकी डलरको प्रयोग हुन्थ्यो । 

तर यप समाजमा आफ्नो महत्त्व कायम छ ।

अहिले हरेक पत्थरको इतिहास छ । तिनीहरूको कुनै न कुनै कथा छ । कुनै पनि परिवारमा पत्थरको करेन्सी हुनु सम्मानको कुरा मानिन्छ । 

पत्थरको करेन्सीको प्रयोग दैनिक रूपमा हुँदैन । 

समाजमा माफी माग्न र बिहेको सम्बन्ध बलियो बनाउन दिइन्छ । 

पत्थरको सिक्काको आकार सात सेन्टिमिटरदेखि ३.६ मिटरसम्म हुन्छ । 

सिक्काको मूल्य कुन काममा प्रयोग हुन्छ र कसलाई दिइन्छ भन्नेमा निर्भर रहन्छ । 

बीबीसी हिन्दीमा प्रकाशित रोबर्ट माइकल पूलेको रिपोर्टको भावानुवाद

salt training

कमेन्ट गर्नुहोस्