०६ असार २०८३, शनिबार

फोर्ब्सको सूची सार्वजनिक, सी चिनफिङ सबैभन्दा शक्तिशाली व्यक्ति

बैशाख २६, २०७५
फोर्ब्सको सूची सार्वजनिक, सी चिनफिङ सबैभन्दा शक्तिशाली व्यक्ति

काठमाडौं, २६ वैशाख – फोर्ब्स पत्रिकाले विश्वका शक्तिशाली ७५ व्यक्तिहरूको सूची सार्वजनिक गरेको छ । 

सूचीमा चीनका राष्ट्रपति सी चिनफिङ पहिलो स्थानमा छन् । संविधान संशोधन गरेर अनिश्चितकालीन कार्यकाल बनाएका सीले माओपछिका शक्तिशाली चिनियाँ नेताको छवि बनाएका छन् । 

दोस्रो स्थानमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन छन् । उनी विगत १८ वर्षयता रुसको सत्तामा रहेका छन् । हालै मात्र उनी ७७ प्रतिशत मतका साथ चौथो कार्यकालका लागि निर्वाचित भएका थिए ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प तेस्रो स्थानमा छन् । संसारको सबभन्दा ठूलो आर्थिक तथा सैन्य शक्तिका प्रमुखका हैसियतमा उनी त्यस स्थानमा रहेका हुन् ।

चौथो स्थानमा जर्मनी चान्सलर अंगेला मर्कल छिन् । अमेजनका संस्थापक जेफ बेजोस पाँचौं स्थानमा छन् । 

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन ३६औं स्थानमा छन् भने दक्षिण कोरियाका राष्ट्रपति मून जे–इन ५४औं स्थानमा छन् । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नवौं स्थानमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्