२६ असार २०८३, शुक्रबार

मोदीको भ्रमणबारे संसदलाई जानकारी : अरुण तेस्रोको शिलान्यास पनि हुन्छ - परराष्ट्रमन्त्री

बैशाख २६, २०७५
मोदीको भ्रमणबारे संसदलाई जानकारी : अरुण तेस्रोको शिलान्यास पनि हुन्छ - परराष्ट्रमन्त्री

काठमाडौं, २६ वैशाख-पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणमा उनका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ र २९ गते गर्न लागेको नेपालको राजकीय भ्रमणका बारेमा सदनलाई जानकारी गराएका छन् । 

उनले वैशाख २८ गते राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग भारतीय प्रधानमन्त्री मोदीको शिष्टाचार भेट हुने कार्यक्रम रहेको जानकारी दिए ।

सोही दिन प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आपसी हितका विषयमा कुराकानी हुने र संयुक्त रूपमा अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए । 

भारतीय प्रधानमन्त्री मोदीले ऐतिहासिक जनकपुर र मुक्तिनाथको भ्रमण गर्ने तथा भारतीय प्रधानमन्त्रीलाई काठमाडौँ र जनकपुरमा नागरिक अभिनन्दनसमेत गरिने कार्यक्रम रहेको उनले बताए । 

परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा रामायण सर्किटको संयुक्त रुपमा समुद्घाटन गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै भारतीय प्रधानमन्त्री मोदीको तेस्रो नेपाल भ्रमणले दुवै देश बीचको सम्बन्धमा नयाँ आयम थप गर्ने विश्वास व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्