२२ जेठ २०८३, शुक्रबार

सुर्खेतमा खानेपानीको बिल मोबाइलबाटै तिर्न सकिने

बैशाख २६, २०७५
सुर्खेतमा खानेपानीको बिल मोबाइलबाटै तिर्न सकिने

सुर्खेत, २६ वैशाख– कर्णाली प्रदेशको राजधानीमा सुर्खेतका स्थानीयले पानीको बील अब मोबाइलबाटै तिर्न सक्ने भएका छन् । 

सुर्खेत उपत्यका खानेपानी तथा उपभोक्ता संस्था पानीको रकम मोबाइलबाटै तिर्न सकिने भएको हो । 

इसेवासँगको सहकार्यमा संस्थाले बुधबार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी इ सेवाबाट विल भुक्तान गर्ने सेवाको सुरुवात गरेको हो । 

भौतिक पूर्वाधार तथा योजना मन्त्री खड्गबहादुर खत्रीले संस्थाका पूर्व अध्यक्ष वालाराम शर्माको पानीको विल भुक्तान गर्दै उद्घाटन गरेका थिए । मन्त्री खत्रीले यो सेवाले अब ग्राहकलाई लामो समय लाईनमा बस्नबाट जोगिने बताए । उनले उपत्यकामा पानीको मात्रा कम भएको र दिनहुँ जनताहरुको बस्ति बढिरहेका कारण समस्या हुनसक्ने सम्भावना व्यक्त गरे । 

यसका साथै मन्त्री खत्रीले भेरी बबई डाइभर्सनले ४० प्रतिशत पानी लैजाने हुँदा यसबारेमा सबै पक्ष सजग हुनुपर्नेमा जोड दिए । ‘खानेपानीको सेवा सुल्क वापत लिईने महशुल भुक्तानि गर्नका लागि समेत् धेरै टाढाटाढावाट लामो समय खर्च गरि भाडा तिरेर संस्थाको कार्यालयमा आउने र पुन लामो समय लाईनमा वसि महशुल भुक्तानि गर्नुपर्ने वाध्यात्मक अवस्था रहेको थियो ।’ संस्थाका अध्यक्ष कुलमणि देवकोटाले भने, ‘ यथासक्य राम्रो सेवा प्रवाह गर्ने संस्थाको उद्देश्य अनुसार संस्थाले विभिन्न निकायहरुसँग समय समयमा छलफल परामर्श र समन्वय गरि सेवास्तर उन्नती गर्ने कार्य अगाडि वढाइरहको छ ।’ ‘

दियालो टेक्नालोजिजले बनाएको ‘वाटरमार्क’ नामक अत्याधुनिक सफ्टवेयर प्रयोग गरि सबै कार्यलाई अटोमेशनमा लगेका छौं । यो सफट्वेयरले बिलिङ, लेखा पद्धती,जिन्सी व्यवस्थापन देखि मिटररिडिङसम्मका कार्यलाई डिजिटलाइज गर्छ ।

हामीले खानेपानीको मिटर रिडिङ्ग ‘मिटरमार्क’ नामक मोबाईल एप्लिकेशनबाट गर्ने व्यवस्था मिलाएका छौ’ उनले भने ‘उपभोक्ताले आफ्नो मोबाईल फोनको प्रयोगवाट ई–सेवा मार्फत खानेपानीको महशुल भुक्तानी गर्न सक्नेछन् । अनलाइनबाट महशुल भुक्तानी गर्न सकिने भएपछि खानेपानीको महशुल बुझाउन लाग्ने समय र खर्चको बचत गरि आम उपभोक्ताहरुले उक्त समय र खर्चलाई अन्य सृजनशिल कार्यमा प्रयोग गर्न सक्नेछन् ।’ अध्यक्ष देवकोटाले दुइ वर्ष भित्र डिजिटल मिटर जडान गर्ने उदेश्य रहेको बताए । भेरी पम्पिङ आयोजनाको लागत २ अर्ब ६० करोड अध्यक्ष देवकोटाले भेरीको पानी सुर्खेतमा पम्पिङ गरेर ल्याउने महत्वाकांक्षी आयोजनाको डिपिआर तयार भएको बताए । उनले उक्त आयोजनाको लागत रकम २ अर्ब ६० करोड रहेको उनको भनाई थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्