०४ असार २०८३, बिहीबार

उत्तर कोरियामा थुनामा रहेका तीन अमेरिकी बुधबार रिहा हुनसक्ने

बैशाख २६, २०७५
उत्तर कोरियामा थुनामा रहेका तीन अमेरिकी बुधबार रिहा हुनसक्ने

सोल, २६ वैशाख- उत्तर कोरियाको थुनामा रहेका भनिएका तीन जना अमेरिकी नागरिक बुधबार रिहा हुनसक्ने अनुमान गरिएको समाचार छ । 

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ बुधबार अकस्मात उत्तर कोरिया पुग्नुभएकोले उहाँको यसै भ्रमणकै क्रममा ती तीन अमेरिकी छुट्नसक्ने अनुमान गरिएको समाचारमा जनाइएको छ । 

अमेरिकी विदेशमन्त्रीका रुपमा उत्तर कोरियाको एक दुर्लभ भ्रमणका क्रममा उहाँ बुधबार त्यहाँ पुग्नुभएको हो । यस भ्रमणको समय पारेर उत्तर कोरियाली सरकारले ती अमेरिकीलाई रिहा गर्ने तयारी गरेको कोरियाली अधिकारीहरुले जनाएका छन् । 

यतिखेर अमेरिकी मिडियाहरुले ती तीन जना अमेरिकी को हुन् भनेर उनीहरुको खोजीका समाचारहरु प्रकाशन तथा प्रशारण गरिरहेको बताइएको छ । 

उत्तर कोरिया र अमेरिकाले नै दुवै तर्फका नागरिकलाई दुवै देशको भ्रमणमा रोक लगाउने गरेका छन् । तर पनि बर्सेनि ठूलो संख्याका अमेरिकी नागरिकले उत्तर कोरियाको भ्रमण गर्ने गरेका छन् । 

ती अमेरिकीलाई उत्तर कोरियाली सरकारले जासुसको आरोप लगाएर नियन्त्रणमा लिने गरेको छ । उनीहरुलाई देश निकाला नगरी उसले जेलमै राख्ने गरेको छ । 

गतहप्ता मात्र पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली जेलमा रहेका अमेरिकी नागरिकलाई तत्कालै रिहा गर्न आग्रह गर्नुभएको थियो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी केही हप्तामा उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेको छ । सोही अवसरमा उनीहरुलाई रिहा गर्न उहाँले माग गर्नुभएको हो । 

यस उच्चस्तरीय भेटवार्ताको तयारी भइरहेका बेला विदेशमन्त्री पोम्पेओको उत्तर कोरिया भ्रमणलाई पनि अर्थपूर्ण रुपमा लिइएको छ । 

उहाँले यी दुई देशका उच्च नेताबीच हुन लागेको आसन्न वार्ताको वातावरण बनाउने अपेक्षा गरिएको छ । उहाँ अघोषित रुपमा नै उत्तर कोरिया पुग्नुुभएको हो । 

salt training

कमेन्ट गर्नुहोस्