०१ असार २०८३, सोमबार

छोरा नपाएको भन्दै कुटपिट

बैशाख २७, २०७५
छोरा नपाएको भन्दै कुटपिट

हेटौंडा, २७ बैशाख  - पदमपोखरीका सानाकान्छा लामाले छोरो नपाएको भन्दै पत्नी पम्फा थिङलाई कुटपिट गरे । 

५ छोरीपछि छैटौं बच्चा जन्माउने तरखरमा रहेकी पम्फाले आफू कुटिएपछि पतिविहरुद्ध जिल्ला प्रहरीको महिला सेलमा उजुरी दिइन् । 

छोरा नपाएको निहुँमा पतिपत्नीबीच घरमा दैनिक झगडा हुने गरेको थियो । 

उजुरीपछि प्रहरीको महिला सेलले पतिलाई झिकाउन पत्राचार गरेको छ । तर, पत्नीले उजुरी हालेको थाहा पाउनेबित्तिकै सानाकान्छा घर आएका छैनन् । आजको कान्तिपुर  दैनिकले खबर छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्