०९ साउन २०८३, शनिबार

कुस्ती खेलाडी छनोट

बैशाख २७, २०७५
कुस्ती खेलाडी छनोट

काठमाडौँ, २७ वैशाख- सन् २०१८ को अगस्त १८ देखि सेप्टेम्बर २ सम्म इन्डोनेशियामा हुने १८ औँ एशियाली खेलकूद प्रतियोगिताका लागि कुस्ती खेलाडी छनोट भएका छन् । 

तीन पुरुष खेलाडी एशियाली खेलकूदलाई छनोट भएको राष्ट्रिय खेलकूद परिषद्का सदस्य एवं छनोट समितिका संयोजक शान्ति सिंहले जानकारी दिनुभयो । 

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकूद परिसरमा बुधबार भएको छनोट प्रतिस्पर्धाबाट ५७ केजीमा नेपाल प्रहरीका भागवत शाह, ६५ केजीमा पर्साका सरोज यादव र ७४ केजीमा कञ्चनपुरका सुरेश चुनारा छनोट भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्