२९ जेठ २०८३, शुक्रबार

पेल्ट्रिक सेटबाट विद्युत चुहावट हुँदा अागलागी, बीस लाखको क्षति

बैशाख २७, २०७५
पेल्ट्रिक सेटबाट विद्युत चुहावट हुँदा अागलागी, बीस लाखको क्षति

उदयपुर, २७ वैशाख-उदयपुरको रौतामाई गाउँपालिका–२ मा बुधबार साँझ स्थानीय रामकुमार मगरको घरमा विद्युत्को पेल्ट्रिक सेटबाट विद्युत चुहावट भई आगलागी हुँदा दुईतले घर पूर्णरुपमा जलेर नष्ट भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार मगरको घरमा आगलागी हुँदा दुईतले घरसहित अन्नपात, लत्ताकपडा, नगद तथा भाँडाकुडासहित घरका सम्पूर्ण वस्तु जलेर नष्ट हुँदा रु बीस लाख बराबरको क्षति भएको छ । 

मानवीय क्षति भने नभएको र अन्यत्र आगलागी हुन नदिन स्थानीय प्रहरी चौकी र जनताको सहभागितामा आगो नियन्त्रण गरिएको पनि प्रहरीले बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्