काठमाडौं, २७ वैशाख – सोनम कपूरको प्रीतिभोज समारोहमा सलमान खानले अर्जुन कपूरलाई पूरै बेवास्ता गरेका छन् । अर्जुनले सलमानसँग कुरा गर्न धेरैचोटि कोशिश गरेको भएपनि सलमानले उनलाई प्रत्येकपटक बेवास्ता गरे ।
कुनै समयमा सलमान र अर्जुनको सम्बन्ध राम्रो थियो । सलमानले नै अर्जुनलाई करीयर र फिटनेससम्बन्धी सल्लाह दिने गर्थे ।
तर अर्जुन सलमानकी पूर्वबुहारी मलाइका अरोरा खानसँग नजिकिएपछि दुवैको सम्बन्धमा तिक्तता आयो । यसबारेमा दुवैले मिडियामा खुलेर कुरा नगरेको भएपनि बलिउडमा यसको हल्ला खुबै चल्यो ।
सलमान खान जोधपुरमा कृष्णसार मुद्दाको सुनुवाइपछि सीधै सोनम कपूरको प्रीतिभोजमा पुगेका थिए ।
एजेन्सी