०६ असार २०८३, शनिबार

अपांगता भएका व्यक्तिको मानवअधिकारसम्बन्धी सम्मेलन शुरु

बैशाख २७, २०७५
अपांगता भएका व्यक्तिको मानवअधिकारसम्बन्धी सम्मेलन शुरु

काठमाडाैं, २७ वैशाख- शारीरिक अपांगता भएका व्यक्तिहरुको मानवअधिकारसम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन आजदेखि यहाँ शुरु भयो । 

राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय अपांग महासंघद्वारा संयुक्तरुपमा आयोजित सो सम्मेलनमा सातै प्रदेशका अपांगता भएकाहरुको सहभागिता रहेको छ । 

सम्मेलनमा अपांगता भएका व्यक्तिहरुको वर्तमान अवस्था, चुनौती र सुझाव, अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी नेपाल सरकारको नीति तथा कार्यक्रम, अपांगता भएका व्यक्तिहरुको मानवअधिकार कार्यान्वयनका चुनौतीलगायतका विषयमा छुट्टाछुट्टै कार्यपत्र पेश भई छलफल हुनेछ । 

साथै, संयुक्त राष्ट्रसंघीय अपांगतासम्बन्धी समितिमा नेपाल प्रतिवेदन र प्राप्त सुझावका विषयमा पनि छलफल भई काठमाडौँ घोषणापत्र जारी हुनेछ । 

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सम्मेलनको उद्घाटन गर्नुभएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्