२३ जेठ २०८३, शनिबार

उत्तर कोरियाले छोडेका तीन बन्दीलाई ट्रम्पले गरे स्वागत

बैशाख २७, २०७५
उत्तर कोरियाले छोडेका तीन बन्दीलाई ट्रम्पले गरे स्वागत

काठमाडौं, २७ वैशाख – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियामा पहिला बन्दी बनाइएका अनि उसले रिहा गरेका तीन अमेरिकीहरूलाई बिहीवार अमेरिकामा स्वागत गरेका छन् । स्वागतका क्रममा उनले किम जोङ–
उनलाई रिहाइका लागि धन्यवाद दिए अनि द्विपक्षीय शिखर सम्मेलनका बारेमा उत्साहित देखिए । 

तीन पूर्वबन्दीहरूलाई अमेरिकाका विदेशमन्त्री माइक पम्पिओले आफूसँगै अमेरिका ल्याएका थिए । पम्पिओले किमलाई ६ हप्तामा दोस्रोपटक उत्तर कोरियामा भेटेका हुन् । पूर्वबन्दीसहित उनी वाशिङटननजिक जोइन्ट बेस एन्ड्रुजमा बिहान ११ बजे अवतरण गरेका थिए । 

ट्रम्प र उनकी पत्नी मेलानिया विमानमा पाँच मिनेट बसेका थिए । त्यसपछि तीन पूर्वबन्दीहरू बाहिर निस्के अनि राष्ट्रपतिसँग हात मिलाए । पछि उनीहरूले मिडिया र सैनिकहरूतर्फ हात हल्लाए ।

स्पष्ट रूपमा भन्नुपर्दा यो सम्भव छ जस्तो हामीलाई लाग्दैनथियो र यो भइछाड्यो,’ किमले तीनजनालाई मुक्त गरेकोमा धन्यवाद दिँदै ट्रम्पले भने । 

किमले उत्तर कोरियालाई वास्तविक संसारमा ल्याउन सकेको चाहेको विश्वास आफूले गरेको ट्रम्पले बताए । आफूहरूको बैठकले ठूलै ब्रेकथ्रू ल्याउने विश्वास गरेको उनले बताए ।

रोयटर्सबाट

salt training

कमेन्ट गर्नुहोस्