काठमाण्डौं, २७ बैशाख- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भुकम्पबाट प्रभावित बालबालिकालाई सिकाई वातावरण सुनिश्चित गर्ने सरकारी प्रतिबद्धता पुरा हुन नसकेको बताउँदैं सयुक्त राष्ट्र संघीय नेपाल स्थितका निकायसंग सहयोगको लागि अनुरोध गरेका छन् ।
नेपालस्थित संयुक्त राष्ट्र संघका आवासीय संयोजक भैंलरी जुलियान्डसंग बिहिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री पोखरेलले सयुक्त राष्ट्र संघीय नेपाल स्थितका निकायहरुको पुनः निर्माणमा हुँदैं आएको सहयोगमा बृद्धी भए उक्त प्रतिबद्धता पुरा गर्न सहज हुने बताए । मन्त्री पोखरेलले शिक्षा क्षेत्रको विकासका लागी अवलम्बन गरिएको क्षेत्रगत प्रणालीको संयोजन र कार्यान्वयनमा युनिसेफको महत्वपुर्ण भुमिका रहेको बताउनुभएको छ । ४ बर्षदेखी युनिसेफले फोकल फोकल पोईन्ट रुपमा गरेको समन्वयकारी भूमिकाको प्रसंसा पनि गरे ।
विशेषगरी शिक्षा क्षेत्रको सुधारका लागी युनिसेफको सहयोग महत्वपुर्ण रहेको मन्त्री पोखरेलले चर्चा गरे । सहश्राब्दी विकासका लागी लक्ष्य हासिल गर्न, सबैंका लागी शिक्षा सुनिश्चित गर्नदेखी दिगो विकासका लक्ष्य २०३० हासिल गर्ने प्रयोजनका लागी संयुक्त राष्ट्र संघको सहयोग र प्रतिबद्धता सह्रानिय भएको भन्दैं मन्त्री पोखरेरले धन्यवाद ज्ञापन गरे । भुकम्पको प्रभावलाई तत्काल सम्बोधन गर्न र पुनःनिर्माण कार्यमा नेपाल स्थित सयुक्त राष्ट्र संघको बिषेश सहयोगको प्रसंसा गर्दै मन्त्री पोखरेलले खाद्य संकट रहेका बिभिन्न १० जिल्लामा सञ्चालित विश्व खाद्य कार्यक्रमले बालबालिकाको पोषण र शिक्षामा विशेष सहयोग पुगेको बताए ।
मन्त्री पोखरेलसंगको भेटमा नेपालस्थित संयुक्त राष्ट्र संघका आवासीय संयोजक जुलियान्डले नेपाल सरकारको प्राथमिकता अनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । विगत ६ दशकदेखी नेपाल संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रको रुपमा रहेको छ ।