२३ जेठ २०८३, शनिबार

उर्जा र सिंचाईलाई आर्थिक समृद्धिको मुख्य आधार बनाउने ऊर्जामन्त्रीको घोषणा

बैशाख २७, २०७५
उर्जा र सिंचाईलाई आर्थिक समृद्धिको मुख्य आधार बनाउने ऊर्जामन्त्रीको घोषणा

काठमाडौं, २७ बैशाख — उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले उर्जा र सिंचाईलाई मुलुकको आर्थिक समृद्धिको मुख्य आधार बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्री पुनले उर्जा क्षेत्रको विकासका लागि लगानी मैत्री वातावरण बनाउने योजना अघि सारेको बताए । उनले सुशासनको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने सरकारको प्राथमिकता रहेको बताए ।

नेपाल चेम्बर अफ कर्मसले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘उर्जा क्षेत्रको वर्तमान अवस्था र चुनौतिहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले मुलुकको आर्थिक क्षेत्रको विकासका लागि जलस्रोत चालक शक्तिको रुपमा रहेको उल्लेख गरे ।

मन्त्री पुनले सुशासनलाई कायम राख्न सरकारले अधिकतम पहल गर्ने पनि बताए । उनले विकास र समृद्धिका लागि प्राप्त अवसर सदुपयोग गरेर अघि बढ्ने उल्लेख गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्