२३ जेठ २०८३, शनिबार

उत्तर कोरियाबारे ट्रम्प र आबेबीच टेलिफोन वार्ता

बैशाख २७, २०७५
उत्तर कोरियाबारे ट्रम्प र आबेबीच टेलिफोन वार्ता

टोकियो, २७ वैशाख - जापानका प्रधानमन्त्री सिन्जो आबे र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच उत्तर कोरियासँग हुने शिखर वार्ताका लागि लिने नीतिगत व्यवस्थाका बिषयमा बिहीबार टेलिफोनमा कुराकानी भएको छ । 
आउदो हप्ता हुन लागेको अमेरिकी राष्ट्रपति र उत्तर कोरियाका सर्वोच्च नेताको शिखर भेटवार्ताबारेमा उहाँहरूबीचमा कुराकानी भएको जापानी विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 
जापानको विदेश मन्त्रालयले दिएको जानकारी अनुसार आबेले पछिल्लो समय उत्तर कोरियाले देखाएको व्यवहारको स्वागत गर्नुभएको छ । 
उत्तर कोरियाले अमेरिकी तीन नागरिकलाई थुनामुक्त गरिदिएकोमा आबेले ट्रम्पलाई बधाई पनि दिनुभएको थियो । 
फोनमा जापानी प्रधानमन्त्री आबेले अमेरिका र उत्तर कोरियाबीच हुने शिखर सम्मेलनको तयारीका लागि चिनियाँ प्रधानमन्त्री ली खछ्याङ, दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनबीच भएका छलफलका बिषयमा जानकारी गराउनु भएको बुझिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्