२२ जेठ २०८३, शुक्रबार

यस्तो रह्यो आजको शेयर बजार

बैशाख २७, २०७५
यस्तो रह्यो आजको शेयर बजार

काठमाडौँ, २७ वैशाख - निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज पनि ७.७ अंकले घटेर एक हजार ३४८.४५ विन्दुमा पुगेको छ । 

धितोपत्रसम्बन्धी प्रदर्शनी चलिरहेका बेला बजार भने निरन्तर ओरालो लागिरहेको छ । नेपाल धितोपत्र बोर्डको आयोजनामा बुधबारदेखि यहाँ प्रदर्शनी चलिरहेको छ । प्रदर्शनीमा धितोपत्र बजारसम्बन्धी निःशुल्क जानकारी दिइएको छ । 
‘क’ वर्गका शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.४८ विन्दुले घटेर २४८.५९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १६१ कम्पनीको सात लाख ७३ हजार २१० कित्ता शेयर रु ३५ करोड ८८ लाख ४४ हजार २६० मूल्यमा खरीद बिक्री भएको छ । 

स्टकका अनुसार आज सबै उपसमूहका शेयर घटेका छन् । बैंकिङ ३.३४, व्यापार ५.८३, होटल ३१.८२, विकास बैंक ५.६७, जलविद्युत् २५.६३, वित्त क्षेत्र २.४१, बीमा ६९.२८, अन्य ६.४६ र माइक्रोफाइनान्स १४.४१ बिन्दुले घटेको छ । 

salt training

कमेन्ट गर्नुहोस्