
काठमाडौं २८ वैशाख–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुगेका छन् । प्रधानमन्त्री ओली केहीबेर अघि जनकपुर पुगेका हुन ।
मोदी आउनु भन्दा एक घण्टा अगावै ओली जनकपुर पुगेका हुन् । जनकपुर विमानस्थलमा मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नेछन् ।
ओली र मोदीको भेट जानकी मन्दिरमा हुनेछ । अभिनन्दन स्थलमा सर्वसाधारण आउन शुरु गरेको जनकपुरस्थित लोकान्तर सहकर्मी अजय अनुरागीले जनाएका छन् ।
जनकपुर उपमहानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन समारोहमा सहभागि भएर मोदी दिउसो काठमाडौं आउने छन् ।