१७ असार २०८३, बुधबार

मोदी आउनुअगावै बाह्रविघामा सर्वसाधारणको भीड, यस्तो देखियो जनकपुर

बैशाख २८, २०७५
मोदी आउनुअगावै बाह्रविघामा सर्वसाधारणको भीड, यस्तो देखियो जनकपुर

जनकपुर, २५ वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द मोदी दुई दिने नेपाल भ्रमणका लागि आज आउँदैछन् । मोदीले भ्रमणको शुरुवात जनकपुरबाट गर्ने छन् । मोदीले जनकपुरको रामजानकी मन्दिरमा पूजा अर्चना गर्नेछन् भने

जनकपुरको बाह्रविघा मैदानमा अभिनन्दन सकिएपछि मोदी काठमाडौं जाने छन् । 

मोदीलाई स्वागत गर्न रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गर्ने छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षीलाई जानकी मन्दिरमा स्वागत गर्ने र दुवै प्रधानमन्त्रीले पूजा अर्चाना गर्ने कार्यक्रम रहेको छ । 

मोदीको भ्रमणका कारण जनकपुरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

मोदीलाई हेर्न बाह्रविघामा सर्वसाधारणको घुँइचो लागेको छ । सर्वसाधारण विहानै देखि उक्त क्षेत्रमा पुगेका छन् । प्रवेशद्वार सानोभएका कारण मानिस मैदानमा प्रवेश गर्दा भएको भीडलाई नियन्त्रण गर्न प्रहरीले सामान्य वल प्रयोगसमेत गरेको छ । 

मोदीको सवारी हुने रुटका पसलहरु विहानैदेखि बन्द छ । जनकपुरका विभिन्न चोकहरुमा मोदीको स्वागतका लागि गेटहरु बनाइएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्