०५ असार २०८३, शुक्रबार

ठूलै भूकम्प आएपनि इटालीको झुकेको पिसा टावर किन ढल्दैन ?

बैशाख २८, २०७५
ठूलै भूकम्प आएपनि इटालीको झुकेको पिसा टावर किन ढल्दैन ?

काठमाडौं, २८ वैशाख – इटालीको प्रसिद्ध लिनिङ टावर अफ पिसाले सन् १२८० पछि कैयौं शक्तिशाली भूकम्प झेलेको छ तर यो कहिल्यै भत्किएन । अहिले यसो हुनुको कारण खोलिएको छ । 

वास्तवमा पिसाको आधारमा नरम माटो छ । त्यसैले पाँच डिग्रीको खतरनाक कोणसम्म झुकेको भएपनि टावरलाई कुनै हानि पुगेन । 

यो टावर झुकेको कारण हल्का भूकम्पले पनि यसलाई गम्भीर हानि पु–याउन सक्छ भनी आशंका गरिन्थ्यो । हालै पिसा भएको क्षेत्रमा चारचोटि शक्तिशाली भूकम्प आएको थियो तर यसलाई केही क्षति पुगेन । 

भूकम्पीय, भूप्रविधि र संरचनागत सूचना अध्ययन गरेपछि १६ इन्जिनियरहरूको एक समूहले यो टावर उभिरहनुमा यसको आधारमा रहेको माटो जिम्मेवार रहेको जसले भुइँमुनि भएको गतिविधिका कारण टावरमा भएको गतिविधिमा प्रभाव पारेको पायो । 

यो प्रक्रियालाई डाइनामिक सोयल स्ट्रक्चर भनिन्छ । टावरको अग्लाइ र कठोरताका साथसाथ आधारमा राखिएको माटोको कोमलताका कारण भूकम्प आउँदा पनि यो हल्लिँदैन । यसले गर्दा नै यो उभिरहन सकेको हो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्