१६ असार २०८३, मंगलबार

मोदीले सबैलाई झुक्याए – हेलिकप्टरमा आउँछु भनेर जहाजबाट ओर्लिए !

बैशाख २८, २०७५
मोदीले सबैलाई झुक्याए – हेलिकप्टरमा आउँछु भनेर जहाजबाट ओर्लिए !

जनकपुर, २८ वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहान १० बजे भारतीय वायुसेवाको हेलिकप्टरबाट विमानस्थलमा अवतरण गर्ने कार्यक्रम सार्वजनिक गरिएको थियो ।  तर उनी १० बजेर ४५ मिनेट जाँदा एयर इंडियाको विशेष जहाज एटीआर ७२/६०० बाट अवतरण गरे ।

यसअघि मोदी दिल्लीबाट पटना गएर त्यहाँबाट हेलिकप्टर मार्फत आउने चर्चा चलिरहेको थियो । तर सबैको अनुमान विपरित उनी एयर इन्डियाको जहाजबाट जनकपुर विमानस्थलमा अवतरण गरेका थिए । 

सबै ओर्लिए मोदी ओर्लिएनन् !

बिहान १० बजेर ४५ मिनेट जाँदा जनकपुर विमानस्थलमा अवतरण गरेको एयर इन्डियाको उक्त जहाजबाट पहिला भारतीय सुरक्षा अधिकारीहरू, नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी लगायतका अधिकारीहरु ओर्लिएका थिए र जहाजको ढोका बन्द भएको थियो । 

जहाजको अवतरणसँगै बिछ्याइएको रातो कार्पेटमा स्वागत गर्नेहरू लाइन लागेर उभिएपछि त्यो जहाज अन्त कतै सर्ला र मोदी चढेको हेलिकप्टर आउला भनेर मिडियाकर्मीहरूले मोदी आउने हेलिकप्टर कुरिरहेका थिए । 

तर जहाजको पछिल्लो ढोका पुनः खुल्यो र त्यसमा मोदी झुल्किए । त्यसपछि रक्षा मन्त्री ईश्वर पोख्रेल र दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत झुल्किए । अनि पालैपालो मोदीलाई फूल र माला लगाएर स्वागत गरे । 

करिब आधा घन्टा ढिलो अवतरण गरेका मोदी त्यसलगत्तै नेपाल र भारतको झण्डा राखिएको विशेष गाडीमा सवारी भएर जनकपुरस्थित रामजानकी मन्दिर पुगेका छन् । उनलाई त्यहाँ प्रधानमन्त्री केपी ओलीले दोसल्ला ओढाएर स्वागत गरेका थिए । त्यसपछि पुजा अर्चना शुरु भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्