१३ असार २०८३, शनिबार

विद्यालय गएका बालक १० दिनदेखि बेपत्ता

कात्तिक २०, २०७४
विद्यालय गएका बालक १० दिनदेखि बेपत्ता
मलेखु (धादिङ), २७ मङ्सिर - घरबाट विद्यालय जान निस्किएका धुषा–१, आदमाराका सन्तोष गिरी १० दिनदेखि बेपत्ता भएका छन् ।


बेनीघाटस्थित चन्द्रदोय माविमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीय गिरी यही मङ्सिर १७ गतेदेखि हराएका हुन् । सन्तोषका बुबा शङ्करले बिहान पोसाक लगाएर विद्यालयका लागि घरबाट निस्किएकामा छोरा विद्यालय नपुगेको र आफन्त र साथीहरु भएका सबै ठाउँमा खोज्दा नभेटिएको बताउनुभयो ।

सन्तोषको खोजी गरिदिन उनका परिवार र आफन्तले विभिन्न निकायमा हारगुहार गरिरहेका छन् । देख्ने वा भेट्नेले सन्तोषका बुबा शङ्करको मोबाइल नंमा ९८१८७९०५४१ मा खबर गरिदिन आग्रह गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्