२५ असार २०८३, बिहीबार

मोदीलाई ३६३ किलोको माला !

बैशाख २८, २०७५
मोदीलाई ३६३ किलोको माला !

दुई दिने नेपाल भ्रमणका लागि नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गरिएको छ । जनकपुरको बाह्रबिघा मैदानमा प्रधानमन्त्री मोदीलाई प्रदेश नम्बर दुई सरकारको तर्फबाट १२१ किलो, वीरगंज उद्योग वाणिज्यसंघको तर्फबाट १२१ किलो र जनकपुर उद्योग वाणिज्य संघको तर्फबाट १२१ किलोको माला लगाएर अभिनन्दन गरिएको छ ।

त्यहि अवसरमा मोदीलाई जानकी मन्दिरको चाबी बुझाइएको थियो । जनकपुरको बाह्रबिघा मैदानमा अभिनन्दनको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सप्रेम भेट स्वरूप जानकीको तस्वीर पनि हस्तान्तरण गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्