
जनकपुर, २८ वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल बिना भारतीय इतिहास अधुरो रहेको बताएका छन् ।
जनकपुरको रंगभूमि (बाह्र बिघा) मैदानमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मोदीले नेपाल बिनामा भारतको सँस्कृति पनि अधुरो रहेको बताए ।
‘नेपाल बिना भारतको सँस्कृति अधुरो छ,’ मोदीले भने, ‘नेपाल र भारतबीचको सम्बन्ध इतिहासदेखिको छ । नेपालबिना भारतको इतिहास अधुरो छ ।’
मोदीले मिथिलाञ्चल संस्कृति र शक्तिको पनि खुलेर प्रसंशा गरे । मोदीले जनकपुर ऐतिहासिक र सांस्कृति महत्वका हिसावले नेपाल र भारतका लागि केन्द्र भएको बताए ।
सिताको जन्मभूमि जनकपुरबिना रामको जन्मभूमि भारतको अयोध्या पनि अधुरो रहने बताए ।