३१ असार २०८३, बुधबार

मोदीविरुद्ध बुटवलमा प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच झडप

बैशाख २८, २०७५
मोदीविरुद्ध बुटवलमा प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच झडप

बुटवल, २८ वैशाख-दुईदिने राजकीय भ्रमका लागि शुक्रबार नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध बुटवलमा प्रदर्शन भएको छ ।

३ वर्षअगाडि नाकाबन्दी लगाएको भन्दै मोदीको विरोधमा राष्ट्रिय जनमुक्ति पार्टीले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि दोहोर झडप भएको छ । झडपमा परी ४ जना समान्य घाइतले भएको बताइएको छ ।

प्रहरीले पार्टीका केन्द्रीय उपाध्यक्ष  डा. मोहम्मद हसन, जिल्ला उपाध्यक्ष झमबहादुर गुरूङ, हरिओम विक र शंकर गाहालाई पक्राउ गरेको छ ।

भारतीय प्रधानमन्त्रीको विरोधमा नाराबाजी गरेपछि उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख केशवकुमार भट्टराईले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्