१७ असार २०८३, बुधबार

भारतीय प्रधानमन्त्री मोदीलाई 'गार्ड अफ अनर' प्रदान

बैशाख २८, २०७५
भारतीय प्रधानमन्त्री मोदीलाई 'गार्ड अफ अनर' प्रदान

काठमाडौं, २८ वैशाख- नेपालको २ दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष राजकीय सम्मान 'गार्ड अफ अनर' प्रदान गरिएको छ । 

शुक्रबार जनकपुर हुँदै काठमाडौं आइपुगेका मोदीलाई राजधानीको टुँडिखेलमा विशेष समारोहका बीच गार्ड अफ अनर प्रदान गरिएको हो ।

यसअघि  पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी नेपाल आउँदा पनि यसैगरी टुँडिखेलमै विशेष राजकीय सम्मान दिइएको थियो ।

मोदी जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजाआजापछि नागरिक अभिनन्दन ग्रहण गरेर काठमाडौं आएका हुन् ।   

salt training

कमेन्ट गर्नुहोस्