२३ असार २०८३, मंगलबार

मुक्तिनाथ पुगेपछि माेदीले पाउनेछन् यस्ताे 'विशेष उपहार'

बैशाख २८, २०७५
मुक्तिनाथ पुगेपछि माेदीले पाउनेछन् यस्ताे 'विशेष उपहार'

मुक्तिनाथ, २८ वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शनिबार हुने मुक्तिनाथ दर्शन भ्रमणका क्रममा स्थानीय जनप्रिय युवा क्लबका तर्फबाट स्थानीय संस्कृति प्रदर्शन गरिने भएको छ ।

स्थानीयवासी प्रधानमन्त्री मोदी स्वागतको पर्खाइमा रहेको क्लबका पूर्वअध्यक्ष सुरज गुरुङले बताए । मोदी आउने भएसँगै उत्साहित स्थानीयवासीले मुक्तिनाथदेखि रानीपौवा बजार सरसफाइ गरेको क्लबका अध्यक्ष उक्रेन गुरुङले जानकारी दिए । 

स्वागतका क्रममा बारागुङ गाउँपालिकाका तर्फबाट ताम्रपत्र प्रदान गरिने गाउँपालिकाका अध्यक्ष फेन्चोकछेप्तेन गुरुङले जानकारी दिए । उनका अनुसार मुक्तिनाथ विकास समितिका तर्फबाट शालिग्राम र बौद्ध लामाबाट बुद्धको मूर्ति दिइने तयारी गरिएको छ । स्थानीय संस्कृतिअनुसार संस्कृति प्रदर्शनको तयारी गरिएको रानीपौवा आमा समूहका अध्यक्ष कन्दु गुरुङले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्