०२ असार २०८३, मंगलबार

मोदीको नेपाल भ्रमणको पहिलो दिन : जनकपुरदेखि काठमाडौंसम्म (फोटोफिचर)

बैशाख २९, २०७५
मोदीको नेपाल भ्रमणको पहिलो दिन  :  जनकपुरदेखि काठमाडौंसम्म (फोटोफिचर)

काठमाडौँ, २९  वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणका सिलसिलामा शुक्रबार नेपाल आएका छन्   । 

भारतीय वायुसेनाको हेलिकोप्टरबाट प्रधानमन्त्री मोदी शुक्रबार बिहान १० बजे जनकपुर विमानस्थलमा अवतरण गरेका थिए ।  प्रधानमन्त्री मोदीको यो तेस्रो नेपाल भ्रमण हो । 

जनकपुर विमानस्थलमा ओर्लिएसँगै मोदी  जानकी मन्दिर पुगेर विशेष पूजाअर्चना गरेका थिए । 
जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थिति रह्यो। जानकी मन्दिरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्तरूपमा रामायण सर्किटको उद्घाटन तथा हरियो झण्डा देखाएर जनकपुरधाम–अयोध्या बससेवाको शुभारम्भ गरे ।  

त्यसपछि प्रधानमन्त्री मोदी प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा बाह्रबिघा मैदानमा आयोजना हुने नागरिक अभिनन्दन समारोहमा सहभागी भए । जनकपुरमा नागरिक अभिनन्दनपछि प्रधानमन्त्री मोदी दिउँसो हेलिकोप्टरबाट काठमाडौँतर्फ आएका थिए ।  

काठमाडौं आएसँगै  प्रधानमन्त्री ओलीको उपस्थितिमा भारतीय समकक्षी मोदीलाई सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरियो । त्यसपछि उपराष्ट्रपति नन्दबहादुर पुनसँग प्रधानमन्त्री मोदीले कान्तिपथस्थित उपराष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गरे । त्यसपछि प्रधानमन्त्री मोदी शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरे । यस्तै पूर्वप्रधानमन्त्रीहरुसँग मोदीको संयुक्त भेटवार्ता पनि भयो । 

भ्रमणका क्रममा दुई प्रधानमन्त्रीबीच द्विपक्षीय आपसी हित सम्बन्धमा औपचारिक भेटवार्ता पनि भए । साथै, संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रो जनविद्युत् परियोजनाको उद्घाटनसमेत गरिएको थियो । सोपछि दुई प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । 

तस्बिर . रासस 

salt training

कमेन्ट गर्नुहोस्