
काठमाडौं, २९ वैशाख– भारतीय प्रधानमन्त्री नेपाल भ्रमणका क्रममा नाकाबन्दीको विरोध गर्दै आएको विवेकशील साझा पार्टीले आज नाकाबन्दी लेखिएको व्यानर उडाएको छ ।
विवेकशील साझाले पार्टी कार्यलय पुलचोकबाट नाकाबन्दी लेखिएको कालो व्यानर बेलुनमा माध्यमबाट आकाशमा उडाएको हो ।
यसअघि हिजो केन्द्रीय कार्यलयमा नाकाबन्दीको विरोध जनाउन राखेको व्यानर प्रहरीले झिकेर लगेको थियो ।
मादीजी स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौं भन्दै विवकेशील साझाले नाकाबन्दी गरेकोमा माफी माग्न भन्दै चेतावनी युक्त व्यानरहरु प्रदर्शन गरेको छ । 

