
काठमाडौं, २९ वैशाख–नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
मोदीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग होटल हायातमा भेटवार्ता गरेका हुन् ।
त्यसअघि मोदीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायतका नेताहरुसँग सामुहिक शिष्टाचार भेटवार्ता गरेका थिए ।
दुई दिने नेपाल भ्रमणमा आएका मोदी आज भारत फर्कने कार्यक्रम रहेको छ ।