१२ असार २०८३, शुक्रबार

महन्थ ठाकुरलाई मोदीले भने–केन्द्रको राजनीतिमा प्रभाव राख्न मधेसी दलको एकता आवश्यक

बैशाख २९, २०७५
महन्थ ठाकुरलाई मोदीले भने–केन्द्रको राजनीतिमा प्रभाव राख्न मधेसी दलको एकता आवश्यक

काठमाडौं, २९ वैशाख– नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । 

राजधानीको हायत होटलमा भएको भेटवार्तामा मोदीले मधेसी दलहरुले एकता कायम गरेर अघि बढ्नु पर्नेमा जोड दिएका थिए । एकता कायम गरे केन्द्रको राजनीतिमा पनि प्रभावशाली बन्न सकिने भन्दै मोदीले मधेसमा एकता कायम गर्न आग्रह गरेका हुन् । 

भेटमा महन्थले आफूहरु आन्तरिक समस्या समाधान गर्न प्रयासरत रहेको बताएका थिए । 

महन्थले मोदीलाई जनकपुरको भ्रमण गरेकोमा धन्यवाद दिएका थिए । उनले नेपालसँगको सम्बन्ध प्रगाढ बनाउन मोदीले खेलेको भूमिकाको चर्चा गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्