
काठमाडौं, २९ वैशाख–काठमाडौं महानगरपालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गरेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेवारीमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गरेका थिए ।
असल छिमेकीको रुपमा पारस्पाकिर हितबाट नेपाल र भारत लाभान्वित हुँदै आएको अभिनन्दनमा उल्लेख गरिएको छ ।
भारतीसँगको सम्बन्ध मोदीको समयमा थप सुद्रिढ हुनेमा विश्वस्त भएको अभिनन्दनमा उल्लेख गरिएको छ । एक अर्काको सहकार्यबाट दुवै देशको हित हुने अभिनन्द पत्रमा उल्लेख गरिएको छ ।