
काठमाडौं, २९ वैशाख–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू समय मिलाएर बुद्धको जन्मभूमी लुम्बिनी जाने बताएका छन् ।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको अभिनन्दन समारोहमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले दुई पटकको भ्रमणमा पशुपतिको दर्शनमा गएको र अहिलेको भ्रमणमा जनकपुर र मुक्तिनाथ गएको भन्दै अब समय मिलाएर बुद्धको जन्मभूमी लुम्बिनी जाने बताएका हुन् ।
‘नेपालको मेरो अहिलेसम्मको दुई यात्रामा पशुपतिनाथको दर्शनको सौभाग्य मिलेको थियो, यो भ्रमणको दौरानमा जनकपुर र मुक्तिनाथ जाने अवसर मिल्यो’ मोदीले भने‘ यो भारत र नेपालको अटुट सम्बन्धको हिमालय हो । अबको नेपाल यात्रामा मैले समय निकालेर भगवान बुद्धको जन्मस्थल लुम्बिनी जाने कार्यक्रम बनाउँनेछु ।’