०३ असार २०८३, बुधबार

नेपालको दुईदिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए मोदी

बैशाख २९, २०७५
नेपालको दुईदिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए मोदी

काठमाडौं, २९ वैशाख- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको २ दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

भारतीय वायु सेवाको क्षेत्रीय विमानमार्फत् शुक्रबार जनकपुर हुँदै नेपाल आएका मोदी सोही विमान चढेर शनिबार अपराह्न दिल्ली प्रस्थान गरेका हुन् ।

मोदीलाई त्रिभुवन अन्नर्राष्ट्रिय विमानस्थल पुगेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदाइ गरे । 

मोदीले नेपालमा रहँदा जनकपुरस्थित जानकी मन्दिर, मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिर र पशुपतिनाथको दर्शन गरेका थिए ।

यस्तै उनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू र विभिन्न दलका नेतासँग भेटवार्ता गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्