०१ असार २०८३, सोमबार

इन्डोनेसियामा शृंखलाबद्ध बम विस्फोट, कम्तीमा १० को मृत्यु

बैशाख ३०, २०७५
इन्डोनेसियामा शृंखलाबद्ध बम विस्फोट, कम्तीमा १० को मृत्यु

काठमाडौं, ३० वैशाख – इन्डोनेसियामा आइतवार तीन चर्चमा भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । आक्रमणमा दर्जनौं घाइते भएका छन् । 

विस्फोट सुराबया शहरको ईस्ट जाभामा भएको हो । यो देशको दोस्रो ठूलो शहर हो । इन्डोनेसिया प्रहरीका अनुसार, शहरमा तीन अलग अलग चर्चमा भएको आत्मघाती आक्रमण १० मिनेटको अन्तरालमा गराइएको थियो । 

पहिलो विस्फोट बिहान साढे ७ बजे भएको थियो । 

ईस्ट जाभा प्रहरीका प्रवक्ता बारुङ मंगेराले भने, ‘मृतकहरूको पहिचान भइसकेको छ । एक व्यक्तिको घटनास्थलमै मृत्यु भयो भने अन्य व्यक्तिले अस्पतालमा उपचार गराउँदा गराउँदै प्राणत्याग गरे ।’

आक्रमणमा दुई प्रहरीसहित केही नागरिक घाइते भएका छन् । 

घटनाको जिम्मेवारी कुनै संगठनले पनि लिएका छैनन् ।

इन्डोनेसियामा संसारकै सबभन्दा धेरै मुसलमानहरू बस्छन् । त्यहाँ आजकल आतंकवाद चर्किंदैछ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्