२९ जेठ २०८३, शुक्रबार

ठाडो खोलामा बाढी अाउँदा म्याग्दीमा २ घर पुरिए

बैशाख ३०, २०७५
ठाडो खोलामा बाढी अाउँदा म्याग्दीमा २ घर पुरिए
फाइल तस्वीर

म्याग्दी, ३० वैशाख–  म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आज भीषण वर्षापछि आएको बाढीले दुईवटा घर पुरेको छ । 

वर्षासँगै आएको बाढीले स्थानीयवासी लटे गिरी र बालकृष्ण मिजारको घर पुरिएको वडा सदस्य वीरबहादुर पौडेलले जानकारी दिए । 

भुरुङको ठाडो खोलाबाट आएको बाढी र तिम्लाखर्कबाट झरेको पहिरोसँगै बाढी बस्तीतर्फ पसेपछि अन्य दुईवटा घरमा समेत क्षति पुर्याएको छ । स्थानीयवासी रेखीराम पुर्जा र टेकनारायण पौडेलको घरमासमेत क्षति पुगेको छ । अहिले प्रहरी र स्थानीयवासीले पहिरोबाट प्रभावित बासिन्दाको घरको सामान सुरक्षित ठाउँमा लैजाने काम गरिरहेका छन् । 

यस्तै, बेनी–जोमसोम सडकखण्डअन्तर्गत बेगखोलामा बाढी आएपछि अहिले सवारी आवागमन ठप्प भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्