१२ असार २०८३, शुक्रबार

‘तेस्रो लिङ्गी’लाई ठमेलमा निषेध, यसरी गर्छन् लुटपाट

बैशाख ३१, २०७५
‘तेस्रो लिङ्गी’लाई ठमेलमा निषेध, यसरी गर्छन् लुटपाट

काठमाडौँ,  ३१ वैशाख -‘तेस्रो लिङ्गी’लाई पर्यटकीय नगरी ठमेल र दरबारमार्ग क्षेत्रमा राति घुमघाम गर्न निषेध गरिएको छ । रात्रिकालीन मनोरञ्जन गर्न आउने पर्यटक लुटिन थालेपछि तेस्रो लिङ्गीलाई निषेध गरिएको हो । 
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङले ठमेलमा रमाइलो गर्न आउने पर्यटकको पर्स र सुनका गहना लुटिन थालेपछि अपराध नियन्त्रण गर्न स्थानीय प्रहरीसँगको सहकार्यमा रात्रिकालीन सुरक्षागस्तीको व्यवस्था गरिएको बताए  । 
‘राति ९ नबज्दै सडकमा निर्लज्ज ढङ्गले रमिता देखाउने, पैसा चोर्ने र एक्लो– अर्को व्यक्तिलाई कुटपिट गरेर लुटपाट गर्न थालेपछि तेस्रो लिङ्गीलाई निषेध गरेका हौं, उनले स्पष्ट पारे  । दुई हप्ताअघिबाट यस्तो अभियान सञ्चालन गरेको जानकारी पनि उनले दिए  । 
युवतीको भेषमा समूह बनाएर ठमेल र दरबारमार्ग आउने तेस्रो लिङ्गीले हप्तामा दुई÷तीन दिन लुटपाट र पकेटमारी गर्ने गरेको महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख दानबहादुर मल्लले जानकारी दिए, गोरखापत्रमा खबर छ  । 

salt training

कमेन्ट गर्नुहोस्